काठमाडौं – नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ्ग प्रणालीबाट २० अर्ब रुपैँया तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकले आज चैत १० गते बैंकिङ्ग प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको हो । जसका लागि बैंकले आज दिउँसो ३ बजे बोलकबोल गर्दैँछ।
यो २१ दिने निक्षेप संकलन उपकरणको चैत ३१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
चैत लागेपछि यो तेस्रो पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। यसअघि चैत ३ गते ३० अर्ब रुपैयाँ, ६ गते २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।



About Us
प्रतिक्रिया