काठमाडौं – एनएमबि बैंकको संस्थापक समूहको १ लाख २२ हजार १२ कित्ता शेयर बिक्रीमा राखिएको छ।
यो शेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन पाउनेछन्।
शेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिने बैंकले जनाएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिनेछ।



About Us
प्रतिक्रिया