अरुणखाेला- प्राईम कमर्सियल बैंक शाखा कार्यालय अरुणखोलाले Global Money Week-2025 को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय अरुणखोलाले वित्तीय साक्षरता कार्यक्रम गरेको हाे। बुधबार मध्यविन्दु- १२, तमासपुर स्थित यादव माविमा कार्यक्रम भएको हाे।
प्राईम कमर्सियल बैंक अरुणखोला शाखा टिम र प्रधानाध्यापक ज्ञानेन्द्र महतोको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्राईम कमर्सियल बैंक, अरुणखोला शाखाका प्रमुख टुल्का प्रसाद काफ्ले, सम्बन्ध अधिकृत आशिष गिरी र संचालन विभाग प्रमुख हरि प्रसाद खरेलले बैंकिङ्ग तथा सुरक्षित वित्तीय कारोबार सम्बन्धी वित्तीय साक्षरताको आधारभूत शिक्षा प्रदान गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र महतो लगायत अन्य शिक्षक तथा कर्मचारीको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा ५८ जना विद्यार्थीहरुको उपस्थिति रहेको बैंकका शाखा प्रमुख काफ्लेले जानकारी दिएका छन् । वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निक्षेपमा उच्चतम् ब्याज, कर्जा लगानी सहित ए.टि.एम. सेवा, क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको बैकले विधार्थी बचत खाता शुन्य मौज्दातमा खोल्न सकिने साथै पहिलो बर्ष ATM र मोवाइल बैकिङ्ग निशुल्क उपलब्ध रहेको शाखा प्रमुख श्री टुल्का प्रसाद काफ्ले बताए ।



About Us
प्रतिक्रिया