कामना सेवा विकास बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा 

कामना सेवा विकास बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

कामना सेवा विकास बैंक लिमिटेडको २० हजार कित्ता संस्थापक शेयर असोज २७ गतेदेखि लिलामीमा आएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर उल्लेखित शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।