सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन 

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ ।

यस वर्ष कम्पनीले करसमेत ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश कम्पनीले वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त लाभांश पारितका लागि कम्पनीले आगामी कात्तिक ४ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गरेको यस कम्पनीले साधारण सभासमेत सबैभन्दा पहिला गर्न लागेको हो । 

कम्पनीले सभा  कालिकास्थान डिल्लीबजार, काठमाडौंको विहान ११ बजे सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते एक दिन बुक क्लोज गर्ने भएकाले असोज २७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।