ग्रीन डेभलपमेन्ट बैंकले नेप्सेलाई लेख्यो पत्र, ‘कुनै संस्थासँग मर्ज हुन लागेको होइन’

ग्रीन डेभलपमेन्ट बैंकले नेप्सेलाई लेख्यो पत्र, ‘कुनै संस्थासँग मर्ज हुन लागेको होइन’


काठमाडाैं- ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफू कुनै बैंक तथा संस्थाहरूसँग गाभिन (मर्ज) लागेको होइन भन्दै नेप्सेलाई पत्र लेखेको छ । बैंकले मर्जकाे अन्तिम तयारीमा रहेको भन्ने समाचार माथि कुनै सत्यता नभएको र यसमा आफूहरूको ध्यानाकर्षण भएको जनाउँदै नेप्सेलाई पत्र लेखेको हो ।

बैंकले नेप्सेलाई लेखेको पत्रमा ‘ग्रीन डेभलपमेण्ट बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्था बीचमा मर्जर सम्बन्धी विषय अत्यन्त नजिक पुगेको भन्ने समाचार तर्फ यस बैंकको ध्यानाकर्षण भएको छ । यस्ता समाचारहरूमा कुनै आधिकारिकता नरहेको ब्यहोरा जानकारी गराउँदछौँ।’ उल्लेख गरिएकाे छ । बैंकले चैत ३ गते कम्पनीले नेप्सेलाई सो पत्र लेखेको हो ।