१० दिनलाई ‘फाेर्स लिभ’मा गभर्नर अधिकारी, कामुकाे जिम्मेवारी नीलमको थाप्लोमा

१० दिनलाई ‘फाेर्स लिभ’मा गभर्नर अधिकारी, कामुकाे जिम्मेवारी नीलमको थाप्लोमा


काठमाडौं – यही चैतको अन्तिम साता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदैछ । २०७६ साल चैत २४ को मन्त्रीपरिषद्को निर्णयअनुसार महाप्रसाद अधिकारी १७औँ गभर्नरकारुपमा नियुक्त भएका थिए । त्यसयता गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल सकिन लागेको हो ।

कार्यकाल सकिन लाग्दा उनी १० दिन अनिवार्य बिदामा बस्न लागेका हुन् । उनी भोलि चैत ५ गतेदेखि १५ गतेसम्म बिदामा बस्नेछन् । यससँगै डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिने भएको छ । गभर्नरको कार्यकाल सकिनुअघि सञ्चित बिदा सक्काउनुपर्ने भएकाले उनी बिदामा बस्न लागेका हुन् ।

गभर्नर बन्नका लागि दुई दर्जन आकांक्षी शक्तिकेन्द्र धाउँदैछन् । राष्ट्र बैंकका दुई डेपुटी गभर्नरसहित कार्यकारी निर्देशकहरु लगायत गभर्नर बन्ने होडमा छन् । यस्तै, ४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत समेत गभर्नर बन्ने ‘लविइङ’मा छन् भने लगानी बोर्डका पूर्व प्रमुख, योजना आयोगका पूर्व र वर्तमान उपाध्यक्षहरु, अर्थशास्त्रीहरु लगायत दौडधुपमा छन् ।