२०८२ सालमा बैंकहरू कति दिन खुल्छन् ? यस्तो छ केन्द्रीय बैंकले सार्वजनिक गरेको बिदा सम्बन्धी सूची 


काठमाडौं – वि.संं २०८२ सालमा जम्मा ३८ दिन बैंक बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले एक सुचना जारी गर्दै २०८२ सालमा ३८ दिन बैंक बन्द हुने जनाएको हो । जसमा ३२ दिन बाहेक अन्य ६ दिन सरकारले बिदा दिने निर्णय गरेको हकमा मात्रै लागू हुनेछ ।

यो वर्ष दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा तोकिएको छ । जसमा १२ वटा पर्व सम्बन्धित क्षेत्र, जाती वा सम्प्रदायका व्यक्तिले मात्रै पाउने व्यवस्था गरिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद उल फित्र, बकर इद, सुरुवा पावनी, मोहम्मद जयन्ती र गुरु नानक जयन्तीको दिन तोकिएको छैन ।

राष्ट्र बैंकले कार्यालय समय र बैंकिङ्ग कारोबार समय पनि तोकेको छ । आगामी वर्ष वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्मका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोकेको छ । कात्तिक १६ गतेदेखि १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय तोकिएको छ । यस वर्षभर प्रत्येक शुक्रबारका लागि कार्यालय समय बिहान १० बजेदेखि १ः३० बजेसम्म तोकिएको छ ।

जसमा बैंकिङ्ग कारोबार समय पनि तोकिएको छ। आउँदो वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ्ग कारोबारको समय तोकिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म र प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १२ः३० बजेसम्म बैंकिङ्ग कारोबार समय तोकिएको छ ।

कुन–कुन दिन हुन्छ बिदा ?