विदेशमा आर्जन गरेको ज्ञान, सिप, र लगानीलाई नेपालमा प्रयोग गरौंः उपाध्यक्ष चन्द्र ढकाल 

विदेशमा आर्जन गरेको ज्ञान, सिप, र लगानीलाई नेपालमा प्रयोग गरौंः उपाध्यक्ष चन्द्र ढकाल 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य संघको उपाध्यक्ष चन्द्र ढकालले एनआरएनहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । 

मंगलबार गैर आवासिय नेपाली संघको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आह्रान गरेका हुन । 

कार्यक्रममा बोल्दै उनले भने, ‘विदेशबाट नेपालमा लगानी गर्न केही असजिलो भएको थियो, जस्तो विदेशमा बसेर डलर खाता खेल्ने र नेपालमा ल्याउँनको लागि कतिपय लिमिट, एनआरएनको कार्ड लगायतको बाध्यताको अन्त्य भईसकेकोले हाल लगानी गर्नको लागि धेरै सजिलो भएको’ उनले बताए । 

साथै, विदेशमा आर्जन गरेको ज्ञान, सिप, र लगानीलाई नेपालमा नै प्रयोग गर्न उनले एनआरएनहरुलाई अध्यक्ष ढकाल आग्रह गरे ।