बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब १५ कराेड लगानी गर्दै केन्द्रीय बैंक

बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब १५ कराेड लगानी गर्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले (आज) आइतबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा १ अर्ब १५ कराेड रुपैयाँ लगानी गर्ने जानकारी दिएको हाे ।

केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले कुल रकममध्ये ९२ करोड रुपैयाँ वाणिज्य बैंकमा, १७ करोड २५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी ५ करोड ७५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलेले चैत ५ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ । यो मुद्दति निक्षेप २०८१ चैत १० गतेदेखि २०८२ चैत ९ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।