ठुला उद्योगी व्यवसायी देखि बैंक सञ्चालक सम्म चुनावी मैदानमा

ठुला उद्योगी व्यवसायी देखि बैंक सञ्चालक सम्म चुनावी मैदानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रदेश र प्रतिनिधी सभाको निर्वाचनले साधारण जनतालाई मात्रै होइन,बैंकर्स देखि उद्योगी व्यापारीलाई समेत निर्वाचनले तानेको छ । 

मंसिर ४ को लागि निर्वाचन आयोगले नाम दर्ताको लािग दलहरुलाई आह्रान गरेकोमा विभिन्न व्यापारी देखि बैंकर्स सम्मले दल मार्फत टिकट पाएका छन् । 
व्यवसाय सँगै नेताको छबि बनाउँन देशमै नाम कहलिएका व्यापारी व्यावसायी देखि बैंकर्स सम्म चुनावमा होमिसकेका छन् । 

कुन कुन बैंकर्स देखि ठुला व्यवसायीले पाए टिकट ?

१) विनोद चौधरी 

व्यवसायी घराना चौधरी ग्रुपका अध्यक्ष तथा विश्वकै धनीहरुको सूचीमा नेपालको एक मात्र व्यवसायी बिनोद चौधरी काग्रेसको तर्फबाट प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फबाट उम्मेदवारी दर्ता गराइसकेका छन् । उनी नवलपरासी–१ बाट चुनावमा प्रतिस्पर्धा गदैछन् । यस अघि पनि उनी नेपाली काग्रेसबाट समानुपातिक तर्फबाट सांसद भईसकेका छन् । 

२)बालकृष्ण शिवाकोटी 

मेगा बैंकका सञ्चालक समेत रहेका व्यवसायी बालकृष्ण शिवाकोटीले दोलखा बाट यस चुनावमा भाग लिदै छन् । होटल, महल, ब्रोकर कम्पनीमा समेत लगानी रहेका शिवाकोटी एमालेबाट टिकट पाएका हुन् । 

३) उमेश श्रेष्ठ 

लिटल एन्जल्स स्कुलका सञ्चालकको नामले मात्र उमेश श्रेष्ठलाई परिचय दिन सकिदैन । उनको स्कुल, होटल, बैंक तथा वित्तिय संस्था देखि जलविद्युतमा समेत लगानी रहेको छ । श्रेष्ठले चितवन क्षेत्र नम्बर–२ बाट लड्न लागेका हुन । उनी काग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

४) किसान श्रेष्ठ

नेकपा एमालेबाट विद्रोह गरी एकिकृत समाजवादीमा गएका किसान श्रेष्ठ नेपाल म्यासका सञ्चालक हुन्, साथै उनको होटल, पर्यटक, कृषि लगायतको क्षेत्रमा लगानी रहेको छ । उनले बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभामा प्रत्यक्ष तर्फबाट चुनावमा होमिएका हुन् । 

५)विक्रम पाण्डे 

सिफ्टा सिचाई आयोजनामा भष्ट्रचार गरेको आरोप लागेका निमाण व्यवसायी विक्रम पाण्डे कालिका कन्स्ट्रक्सनका अध्यक्ष हुन् । पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभाको लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । 

५)झपट बोहरा

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको पूर्वअध्यक्षको बैंक तथा वित्तिय, बीमा लगायतको क्षेत्रमा लगानी रहेको छ । बोहरा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभाको लागि लड्दै छन् । उनी एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । 

६) मोहन आचार्य 

निर्माण व्यवसायी आचार्य रसुवा कन्स्ट्रक्सन प्रालिका अध्यक्ष हुन् । उनी प्रतिनिधीसभा सदस्यको लागि काग्रेसबाट प्रत्यक्षको लागि उम्मेदवारी दर्ता गराएका छन् । 

७) डा.विरेन्द्र महतो 

बैंक तथा वित्तिय, हस्पिटल, जलविद्युत क्षेत्रमा महतोको लगानी रहेको छ । महतोले जनता समाजवादी (जसपा) को तर्फबाट सिरहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । 

८) सुमनविक्रम पाण्डे

छाया सेन्टरको सञ्चालक रहेका पाण्डेको पर्यटन क्षेत्रमा समेत लगानी रहेको छ । उनी नुवाकोट २ बाट स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फको उम्मेदार हुन् । 

९)साँबा लिम्बु 

बैदेशिक रोजगार व्यवसायी साँबा एमाले निकट व्यवसायी संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको अध्यक्ष हुन । उनले झापा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।