काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड (३.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर ७.० प्रतिशत रहेको थियो, जसअनुसार त्यतिबेला ३ खर्ब ९७ अर्ब २० करोड रूपैयाँ निक्षेप वृद्धि भएको थियो ।
२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप वार्षिक आधारमा ९.७ प्रतिशतले वृद्धि भएको छ । निक्षेप वृद्धिको गति गत वर्षको तुलनामा केही कमजोर भएपनि कुल निक्षेपमा विभिन्न खाता प्रकारहरूको संरचना परिवर्तन भएको देखिन्छ ।
२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती खाताको अंश ५.२ प्रतिशत, बचत खाताको अंश ३४.८ प्रतिशत र मुद्दती निक्षेपको अंश ५२.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.२ प्रतिशत, २७. ४ प्रतिशत र ५९. ८ प्रतिशत रहेको थियो ।
२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३६.४ प्रतिशत थियो ।



About Us
प्रतिक्रिया