नेपाल एसबीआई बैंक र द रुबस होटेगढीबीच सम्झौता


काठमाडौं – नेपाल एसबीआई बैंक र द रुबस होटेल, धनगढी, कैलालीबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोषकुमार भण्डारी र द रुबस होटेलका प्रबन्ध निर्देशक प्रकाश भट्टले आदानप्रदान गरेका थिए ।

सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारी समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ्ग, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।