ब्याजदर घट्नेक्रम चैतमा पनि रोकियो, अधिकांश बैंकको स्थिर हुँदा दुईवटाको घट्यो

ब्याजदर घट्नेक्रम चैतमा पनि रोकियो, अधिकांश बैंकको स्थिर हुँदा दुईवटाको घट्यो


काठमाडौं – वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि ब्याजदर स्थिर कायम गरेका छन् । यसअघि फागुन महिनाका लागि अधिकांश बैंकले माघ महिनाकै ब्याजदर कायम गरेका थिए । चैत महिनाका लागि पनि अधिकांश बैंकहरुले फागुनकै ब्याजदर कायम गरेका हुन् ।

यससँगै, तीन वर्षभन्दा लामो समयदेखि घट्दो अवस्थामा रहेको नेपालको ब्याजदर घट्नेक्रम रोकिएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर ३ वर्षभन्दा बढी समयदेखि घट्दो अवस्थामा थियो । चैत महिनाका लागि सार्वजनिक नयाँ ब्याजदरसूचीअनुसार मुद्धती निक्षेपमा हिमालय बैंक र नेपाल बैंकको ब्याजदर घटेको छ ।

२० वाणिज्य बैंकमध्ये २ वटाको मात्रै मुद्धती निक्षेपको ब्याज घटेको छ । हिमालयनले चैत महिनाका लागि ०.७५ प्रतिशतले ब्याजदर घटाएको छ । यस्तै, ०.१० प्रतिशतले ब्याजदर घटेको छ । यसबाहेक, १८ वटा बैंकको मुद्धती निक्षेपको ब्याज स्थिर कायम भएको छ ।

कुन बैंककाे कति ?