सात महिनामा १० खर्ब ४० अर्ब बढीको अन्तर–बैंक कारोबार


काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ । चालु आर्थिक वर्षको सात महिनमा माघसम्म १० खर्ब ४० अर्ब ८१ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।

समीक्षा अवधिमा बैंकहरुको ९ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब २ अर्ब २० करोड गरी कुल १० खर्ब ४० अर्ब १ करोड अन्तर–बैंक कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २५ खर्ब ९६ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरूको २ खर्ब ७६ अर्ब २६ करोड गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड अन्तर बैंक कारोबार भएको थियो ।