डिजिटल बैंकिङ्गको कारण २२ अर्बले घट्यो नोटको प्रयोग 

डिजिटल बैंकिङ्गको कारण २२ अर्बले घट्यो नोटको प्रयोग 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पछिल्लो समय डिजिटल कारोबारको कारणले नोट प्रयोग कम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । तीन महिनाको लागि चलनचल्तीका नोट २२ अर्ब रुपैंयाले घटेको हो । 

तथ्यांक अनुसार गत असारमा ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख नोट चलनचल्तीमा आएकोमा भने भदौमा नोटको प्रयोगमा कमी आएको हो । जसमा असारको भन्दा साउनमा ५ खर्ब ९९ अर्ब ९७ करोड ७५ लाख नोट चलनचल्तीमा आएको थियो भने भदौमा घटेर ५ खर्ब ९४ अर्ब ३० करोड १५ लाख नोट चलनचल्तीमा कमी आएको हो । 

बैंक तथा वित्तिय संस्थाले डिजिटल कारोबारलाई प्रत्साहन गरिरहेको तथा राष्ट्र बैंकले पनि डिजिटल कारोबारलाई प्राथमिकतामा राखेकोले पनि कम हुदै गएको हो । 

वालेट, क्यूआर, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतको डिजिटल कारोबारकै कारणले कमी आएको हो । 

नेपालको अधिकाश नोट चीनमा छापिदै आएको छ भने केही ५० नोट र १०० को बेलायतमा छापिदै आएको छ ।