काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाह स्थिर रहेकाे छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार हाल अर्थात् फागुन २४ गते बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो दिन यस्तो निक्षेप ६७ खर्ब ५६ अर्ब रुपैयाँ रहेको थियो ।
यस्तो, सो समयमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेपमा पनि सामान्य गिरावट देखिएको छ। अघिल्लो दिन ६० खर्ब ३० अर्ब रुपैयाँ रहेको निक्षेप भोलिपल्ट ६० खर्ब २९ अर्ब रुपैयँमा खुम्चिएको छ।
सो अवधिमा बैंकिङ्ग निक्षेपसँगै कर्जा प्रवाह भने स्थिर रहेको छ। फागुन २३ गते बैंकिङ्ग प्रणालीबाट ५४ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । यस्तै, सो समयमा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जा पनि स्थिर रहेको छ।
वाणिज्य बैंकहरुले दुवै दिन बराबर कर्जा प्रवाह गरेका छन् । अघिल्लो दिन ४८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही बराबरको कर्जा प्रवाह भएको छ। सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४९ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।



About Us
प्रतिक्रिया