\’बैंक तथा वित्तिय विशेष\’ सम्मान बाट कृषि विकास बैंकका सिइओ अनिकुमार उपाध्याय सम्मानित 

\’बैंक तथा वित्तिय विशेष\’ सम्मान बाट कृषि विकास बैंकका सिइओ अनिकुमार उपाध्याय सम्मानित 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय ‘बैंक तथा वित्तीय विशेष सम्मान’बाट सम्मानित भएका छन् । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिले बैंकर उपाध्यायलाई सो सम्मान प्रदान गरेको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमका माझ उनलाई सम्मान गरेका थिए ।

उपाध्यायले बैंक तथा वित्तीय क्षेत्र मार्फत देशको अर्थतन्त्रलाई समृद्धतर्फ अघि बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाई वर्षमै बैंकको सीईओ बनेका उपाध्याय एक सफल बैंकर्स भनेर पनि परिचित छन् । वि.स २०४४ सालमा अधिकृतस्तरबाट बैंकिङ करियर शुरु गरेका उपाध्याय अवकासपछि खुला प्रतिस्पर्धाबाट त्यहि बैकको सीईओ बने ।

बैंकमा उपमहाप्रबन्धक, डेपुटी सीईओ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत समेतको कार्यभार सम्हालिसकेका उनी कार्यकालको व्यवसायीक योजना र रणनीति सहित २०७५ पुस १० गते सीईओ बनेका हुन् ।