नबिल इक्वीटी फण्डको भदौ मसान्तसम्मको खुद सम्पत्ति विवरण सार्वजनिक

नबिल इक्वीटी फण्डको भदौ मसान्तसम्मको खुद सम्पत्ति विवरण सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नबिल इक्वीटी फण्डले भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्डको न्याभ साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ । फण्डको न्याभ साउन मसान्तसम्ममा  १०.५४ रहेकोमा भदौ मसान्तसम्ममा  १०.१५ कायम भएको हो । त्यसैगरी फण्डको नोक्सानीमा वृद्धि भएको छ ।

साउन मसान्तसम्ममा फण्डले ५९ लाख ६२ हजार रुपैंया नोक्सानीमा रहेकोमा भदौ मसान्तसम्ममा बढेर५ करोड ४४ लाख रुपैया पुगेको हो । भदौ महीनामा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले र खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । भदौ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी ५ करोड रुपैंया नोक्सानीमा रहेको छ । त्यसैगरी फण्डको जम्मा खर्च साउनमसान्तसम्ममा २४ लाख १८ हजार रुपैंया रहेकोमा भदौ मसान्तसम्ममा बढेर ४४ लाख ३ हजार रुपैंया पुगेको छ ।  फण्डको सूचीकृत शेयरमा लगानी पनि साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ । फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा ८९ करोड ९० लाख रहेकोमा भदौमा ८५ करोड २३ लाखमा सिमित भएको हो ।