बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा उजुरी, नक्कली कागजात पेश गरेको आरोप


काठमाडौं – नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नक्कली कागजात देखाएर प्राधिकरणमा नियुक्ती खाएकाे भन्दै अध्यक्ष ओझाविरुद्ध अख्तियारमा मुद्दा परेको हो ।

दिपेन्द्र बोहोरा नाम गरेका व्यक्तीले अख्तियारमा उमेर नपुगेको र नक्कली कागजात देखाएर नियुक्ती खाएको भन्दै उजुरी गरेका छन् । उनले दिएको निवेदनमा अध्यक्ष ओझाले प्राधिकरणमा नियुक्त खानका लागि देखाएको व्यवस्थापकको कागजात नै नक्कली भएको उल्लेख छ ।

ओझाले पत्रकारकारुपमा काम गरेको समाचार संस्थामा व्यवस्थापककारुपमा काम गरेको भनिएको कागजात नै नक्कली रहेको बताइएको छ । यस्तै, ऐन बमोजिम ३५ वर्ष नाघेको र ६५ वर्ष ननाघेको व्यक्ती अध्यक्ष नियुक्तीका लागि योग्य हुने व्यवस्था भएको समेत निवेदनमा उल्लेख छ ।

तर, ओझाको उमेर ३३ वर्ष बताइएको र नीतिगत व्यवस्थाबमोजिम यो नियुक्तीका लागि उमेर हद नकटेको बताइएको छ ।