एनएमबि बैंकको दशैंमा बडा डिजिटल धमाका

एनएमबि बैंकको दशैंमा बडा डिजिटल धमाका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनएमबि बैंकले आफ्ना ग्राहकलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यास व्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।

चाडपर्वलाई लक्षित गरी २००० रुपैयाँसम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।

एनएमबि बैंकले १० असोजदेखि बडा दसैंमा बडा डिजिटल धमाका सुरु गरेको छ । जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २००० रुपैयाँसम्म बचत गर्न सक्नेछन् ।

डेबिट कार्डस् एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श र पीओएसमा कारोबार गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक पाउनने छन् । एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्डबाट ई–कमर्शरपीओएसमा कारोबार गर्दा २० प्रतिशत वा ५०० रुपैयाँसम्मको क्यासब्याक पाउने बैकले जनाएको छ ।