गोरखामा कुमारी बैंकको एटिएम तोडफोड

गोरखामा कुमारी बैंकको एटिएम तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

गएराती गोरखा सदरमुकाममा रहेको कुमारी बैंकको एटीएम तोडफोड भएको छ । 

गोरखा नगरपालिका ६ हरमटारी चोकमा रहेको बैंकको मेसिन तोडफोड भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । एटीएम बाट पैसा चोरी भएको नभएको बारे हाल सम्म जानकारी नभएको र बैंकले प्राविधिक बोलाएको छ ।

त्यसपछि मात्रै के कति भएको रहेछ भन्ने बारेमा जानकारी आउँने प्रहरीले बताएको हो ।