विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसालौंः राष्ट्र बैंक

विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसालौंः राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वमा विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसाल्न अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

यस्तै, बैंकले नोटमा केरमेट गर्ने, जलाउने, च्यात्ने वा नोटको आकृति बिगार्ने काम नगर्न अनुरोध गरेको छ । यस्तो काम दण्डनीय रहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नोटसँग धार्मिक कार्य, वार्षिक उत्सव, दशैं, तिहार , पुजाआजा, जस्ता सामाजिक कार्यहरुमा दक्षिणाका रुपमा प्रयोग हुने अविर, केशरी, अक्षता लगायतको वस्तु प्रयोग नर्गन अनुरोध गरेको छ ।

‘सफा नोट सभ्याताको प्रतिक हो, नोटलाई जतन गर्नु हामी सबैको कर्तव्य हो,’ सूचनामा भनिएको छ ।