संविधान दिवसको अवसरमा उद्योगी व्यवसायी र बैंकर सम्मानित 

संविधान दिवसको अवसरमा उद्योगी व्यवसायी र बैंकर सम्मानित 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्गसमाचार, काठमाडौं ।

संविधान दिवसको अवसरमा सरकारले विभिन्न उद्योगी व्यवसायी तथा बैंकरहरुलाई सम्मान गरेको छ । उद्योगी व्यवसाय तथा बैंकरहरुलाई पदकबाट सम्मानित गरेको हो । 

सम्मान पाउनेमा स्व.उद्योग व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभुषित गरेको हो । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदीप पदकबाट विभुषित गरेको छ । 

त्यस्तै, पर्यटन व्यवसायीहरुमा राम थापा र रामबहादुर कोइरी, खुमबहादुर सुवेदी पदकबाट विभुषित भएका छन् । मुरलीधर रंगटा, श्रेणिगोपाल मुन्दडा, मोरियादेल पिलार, जोसे म्यानुयल भिलानोभा र होटल व्यवसायी सृजना राणा विभुषित भएका हुन्  । 

बैंक तर्फ सीइओ ज्ञानेन्द्र ढुंगाना र सुनिल केसी सुप्रवल जनसेवाश्री पदकबाट सम्मान भएका हुन ।