हात्तिसारमा रहेको सिद्धार्थ बैंकको पछाडी भेटियो टुकुचा खोला 

हात्तिसारमा रहेको सिद्धार्थ बैंकको पछाडी भेटियो टुकुचा खोला 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बैंकिङ्ग समाचार, काठमाडौं ।
 हात्तिसारमा रहेको सिद्धार्थ बैंकको पछाडी भागमा महानगरले उत्खनन् गर्दा टुकुचा खोला फेला परेको छ । 

महानगरले टुकुचा खोलालाई खोज्ने क्रममा सिद्धार्थ बैंकको पछाडी टुकुचा खोला भुमिगत रुपमा बगेको भेटेको हो । महानगरपालिकाले डोजर लगाएर सो क्षेत्रमा उत्खनन गर्दा गायब अवस्थमा रहेको टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको छ ।

टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै आइरहेको छ । 

बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउन्डमा पनि महानगरले टुकुचा खोला उत्खनन गरेको थियो ।