वाणिज्य बैंकहरुमा असोज २ बाट नयाँ नोट साट्न पाउने (सूचना सहित)

वाणिज्य बैंकहरुमा असोज २ बाट नयाँ नोट साट्न पाउने (सूचना सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

वाणिज्य बैंकहरुबाट असोज २ बाट नयाँ नोट सटही हुने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोट वाणिज्य बैंकहरुलाई साटन नोट पठाईसकेको जनाएको हो । 

राष्ट्र बैंकले ललितपुर, काठमाडौं र भक्तपुरको कुन शाखाबाट नोट उपलब्ध गराउने हो सो को विवरण राष्ट्र बैंकलाई उपलब्ध गराउन वाणिज्य बैंकलाई सूचित गरेको छ ।

यी तीन जिल्लाको कम्तीमा ५ ओटा शाखाबाट नोट उपलब्ध हुने भएकोले सो शाखाको  विवरण राष्ट्र बैंकले मागेको हो । 

सर्वसाधारणलाई रु ५,१०,२०,५०,र १०० दरको प्रति व्यक्ति बढीमा एक एक प्याकेटको दरले जम्मा १८ हजार ५ सय सम्म सटही हुने राष्ट्र बैंकले जनाएको छ । 

साथै, वाणिज्य बैंकले नोट उपलब्ध गराउने शाखा कार्यलयको समेत राष्ट्र बैंकले अनुगमन गर्ने सूचनामा उल्लेख गरेको छ । 
 \"\"