बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले एक महिनामा बैंकहरुको नाफा सार्वजनिक गरेको छ । चालु आ.व २०७९/८० को साउन महिनाको बैंक तथा वित्तिय संस्थाको नाफा सार्वजनिक गरेको हो । जसमा बैंकहरुले ९ अर्ब ९३ करोड ४८ लाख रुपैंया खुद नाफा गरेको तथ्यांक राष्ट्र बैंकले प्रकाशित गरेको छ । यसमा पनि वाणिज्य बैंकहरुको नाफा भने करिब १० अर्ब नजिक छ ।
गत आर्थिक बर्ष २०७८/७९ साउनमा मात्रै बैंकहरुले ७ अर्ब १२ करोड ४५ लाख रुपैंया खुद नाफा आर्जन गरेकोमा यस बर्ष ९ अर्ब भन्दा माथि नाफा भएको हो ।
चालु आर्थिक बर्षको साउनमा मात्रै वाणिज्य बैंकहरुको नाफा ९ अर्ब ३ करोड ८१ लाख नाफा आर्जन गरेका छन् । त्यस्तै बिकास बैंकहरुको नाफा ७६ करोड ७३ लाख नाफा कमाएका छन् । र वित्त कम्पनीहरुको नाफा १३ करोड ९४ लाख रुपैंया खुद नाफा आर्जन गरेको राष्ट्र बैकको तथ्यांकले देखाएको छ ।
कुन वाणिज्य बैंकको कति नाफा ?
बैंकको नाम | नाफा |
नबिल बैंक | ८१ करोड ३७ लाख |
राष्ट्रिय वाणिज्य बैंक | ७५ करोड २१ लाख |
ग्लोबल आईएमई बैक | ६७ करोड ३३ लाख |
एनआईसी एसिया बैंक | ४७ करोड ६४ लाख |
नेपाल इन्भेष्टमेन्ट बैंक | ४२ करोड १ लाख |
प्राइम बैंक |
३९ करोड ५४ लाख |
प्रभु बैंक | ३७ करोड ६२ लाख |
सिद्धार्थ बैंक | ३७ करोड ५८ लाख |
एनएमबि बैंक | ३६ करोड ८ लाख |
एभरेष्ट बैंक | ३५ करोड ९५ लाख |
नेपाल बैंक | ३५ करोड ७६ लाख |
हिमालयन बैंक | ३१ करोड १९ लाख |
कुमारी बैंक | २९ करोड २८ लाख |
सानिमा बैंक | २८ करोड ६० लाख |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | २७ करोड ९० लाख |
मेगा बैंक | २७ करोड ८६ लाख |
एनसीसी बैंक | २६ करोड ९३ लाख |
कृषि विकास बैंक | २६ करोड ८३ लाख |
माछापुच्छे« बैंक | २५ करोड ४३ लाख |
सिटिजन्स बैंक | २४ करोड ९४ लाख |
सनराइज बैंक | २४ करोड ३५ लाख |
लक्ष्मी बैंक | २३ करोड ४८ लाख |
नेपाल एसबीआई बैंक | १९ करोड ५२ लाख |
सिभिल बैंक | १७ करोड ७७ लाख |
सेञ्चुरी बैंक | १७ करोड ३६ लाख |
बैंक अफ काठमाडौं | १६ करोड ३१ लाख |
प्रतिक्रिया