राष्ट्र बैंकद्धारा एकिकृत परिपत्र–२०७८ संशोधन, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायलाई जारी गरि एकीकृत परिपत्र २०७८ संशोधन गरेको छ । केन्द्रिय बैंकले भिसाबापत संकलित नेपाली रुपैंयाको सटही सुविधासम्बन्धी थप ब्यवस्था गरेको हो । 

नेपालस्थित विदेशी राजदुतावास÷ नियोगहरुले भिसा दस्तुर बापत संकलन गरेको नेपाली रुपैंया बराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनु पर्दा सम्बन्धित विदेशी राजदुतावास÷नियोगको धकारीक अनुरोध पत्रको आधारमा सम्बन्धित बैंकले यस्तो सटही उपलब्ध गराउन सक्नेछ । यस्तो सटहीको विवरण महिना समाप्त भएको १५ दिन भित्र अनिवार्य रुपमा विभागलाई उपलब्ध गराउनु पर्नेछ । 

त्यस्तै, ई–भिसा प्रणालीबाट भिसा आवेदन लिने ब्यवस्था गरेको मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा देहायबमोजिमका शर्तहरु पालना हुने गरी त्यस्तो तोकिएका संस्थाहरुमार्फत् भिसा बापत संकलित रकमको लागि बैंक तथा वित्तिय संस्थाबाट जारी विद्युतीय डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने परिपत्रमा उल्लेख गरेको छ । 

भिजा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवत्र्य विदेशी मुद्राको खाता वा सम्बन्धित देशको नेपालस्थित दुतावास÷नियोगको तोकिएको उल्लिखित भुक्तानीको ब्यवस्था स्पष्टरुपमा खुल्ने सम्बन्धित मुलुक वा नेपालस्थित दुतावास÷नियोगको पत्र समेत आवश्यक पर्ने व्यवस्था छ । 

यस्तो कार्डबाट कुनैपनि प्रयोजनको लागि भुक्तानी नुहने व्यवस्था गर्नुपर्नेछ भने, यस्तो कार्डबाट एकै पटक वा पटक–पटक गरी भुक्तानी हुने सक्नेछ र यस एकिकृत परिपत्र–२०७८ मा अन्यत्र उल्लेखित कुनै पनि रकम भुक्तानी सम्बन्धी सीमा लागु नहुने बैंकले जनाएको छ । 
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको ई–भिसाको प्रोसेसिङ्ग, भिसा शुल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्बन्धित देशबिच भएको सम्झौतामा उल्लिखित भिसा सम्बन्धी सम्पूर्ण व्यवस्थाहरुको पालन गरिनु पर्ने राष्ट्र बैंकले जनाएको हो । 

पूर्णपाठ