सुनौली नाकामा ७२ लाख सहित नेपाली युवा पक्राउ 

सुनौली नाकामा ७२ लाख सहित नेपाली युवा पक्राउ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्रोत नखुलेको ७२ लाख सहित एक जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट नेपालमा उक्त रकम ल्याउँने क्रममा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा भैरहवाको एक युवा पक्राउ परेका हुन । 
आज बिहान कार बाट नेपाल प्रवेश गर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबी र नेपाली सुरक्षा बलले गरेको संयुक्त चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन । 
चेकजाँचको क्रममा भैरहवाको सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने बर्ष ३८ को सुभाष सुनारको साथमा स्रोत नखुलेको ७२ लाख ८० हजार बरामत गरेको सुनौली प्रहरीले जनाएको छ ।