एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन ८ अर्ब हुदा ७ अर्ब कर्जा प्रवाह 

एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन ८ अर्ब हुदा ७ अर्ब कर्जा प्रवाह 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  

वाणिज्य बैंकको एक सातामै ८ अर्ब रुपैंया निक्षेप थपिएको छ । भदौं देखि वाणिज्य बैंकमा निक्षेप संकलनमा सुधार भए सँगै यस सातामा पनि वाणिज्य बैंकहरुले निक्षेप संकलन ८ अर्बले वृद्धि भएको हो ।  

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार भदौ १७ मा बैंकहरुको ४४ खर्ब ३७ खर्ब रुपैंया निक्षेप रहेको थियो । भदौ २४ गतेसम्म ८ अर्ब रुपैंया निक्षेप बढे सँगै निक्षेप संकलन ४४ खर्ब ४५ अर्ब पुगेको तथ्यांकमा उल्लेख छ । 

साथै, यस अवधीमा वाणिज्य बैंकहरुले कर्जा प्रवाह बढाएको छ । भदौ १७ गते सम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७ अर्ब रुपैंयाले बढेर भदौ २४ गतेसम्म आइपुग्दा ४१ खर्ब ८८ अर्ब रुपैंयामा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।