नेपालको आर्थिक सूचक चिन्ताजनक अवस्थामा: अध्यक्ष गोल्छा 

नेपालको आर्थिक सूचक चिन्ताजनक अवस्थामा: अध्यक्ष गोल्छा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचक चिन्ताजनक रहेको बताएका छन् । आईतबार नेपाल उद्योग वाणिज्य महासंघ सँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । 

लामो समय देखि अर्थतन्त्रमा समस्या देखिरहेकोले यसको दिर्घकालिन समाधान खोजिनु पर्ने बताएका हुन । साथै, अर्थतन्त्रको समस्या समाधान हुनलाई केही महिना लाग्ने समेत उनले बताए । 
अध्यक्ष गोल्छाले उद्योग ब्यवसायहरु फस्टाएको खण्डमा मात्रै बिज्ञापन ब्यवसाय पनि फस्टाउने बताए । 

नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेकोले कोभिडको प्रभावले यस क्षेत्रलाई पनि कोभिडले प्रत्याक्ष प्रभाव पारेको बताए । हाल विज्ञापन ब्यवसायबाट ३५ हजार युवाले रोजगार पाएको अध्यक्ष गोल्छाले बताएका हुन् ।