प्राधिकरणमा आए अहिलेसम्मकै कान्छा अध्यक्ष, मन्त्रीपरिषदले गर्यो ओझालाई नियुक्त


काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन । सरकारले सोमबार बसेको मन्त्रीपरिषद्को बैठकद्वारा ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।

ओझासहित तीन जनाको नाम मन्त्रीपरिषदमा पठाइएको थियो । ओझासहित रामशरण पुडासैनी र दामोदर बसौला थिए । उनिहरूलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले अध्यक्षका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

यससङ्गै ओझा प्राधिकरणको अध्यक्ष बन्ने अहिलेसम्मकै युवा बनेका छन । ओझा ३३ वर्षमा भए ।