नगद प्रोत्साहन तुरुन्तै पाउने कार्यविधी बनाउन अर्थमन्त्रीद्धारा सचिवलाई निर्देशन

नगद प्रोत्साहन तुरुन्तै पाउने कार्यविधी बनाउन अर्थमन्त्रीद्धारा सचिवलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार,काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यबिधी बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्रालयमा भएको निर्यातकर्ता ब्यवसायी तथा सरोकारवालाहरु सँग छलफल एवम् अन्तक्रियामा अर्थमन्त्री शर्माले अर्थसचिव तथा राजस्व सचिवलाई कार्यविधि सहज बनाउँन निर्देशन दिएका हुन ।

मन्त्री शर्माले नीजि क्षेत्र सरकारको एक साझेदार नै भएकाले उसका समस्याहरुको समाधान गर्ने उपायको खोजी जसरी पनि गरिने बताए ।