एनएमबी बैंकको उर्जा ऋणपत्र दोस्रो बजारमा सूचिकृत

एनएमबी बैंकको उर्जा ऋणपत्र दोस्रो बजारमा सूचिकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनएमबि बैंक लिमिटेडले गत जेठमा विक्री गरेको  उर्जा ऋणपत्र धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत गरेको छ । बैंकले १५ वर्षे अवधिको वार्षिक ४ प्रतिशत ब्याजदरको २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र भदौ २१ गते सूचीकृत गराएको हो । ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३ र ९४’ नामको उक्त ऋणपत्र भदौ २२ गतेदेखि एनएमबियुआर ९३ को स्टक सिम्बोलबाट कारोबारमा आउनेछ ।