सेञ्चुरी बैंकको शाखा हरिवनको नयाँ रोडमा

सेञ्चुरी बैंकको शाखा हरिवनको नयाँ रोडमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सेञ्चुरी कमर्सियल बैंकले सर्लाही जिल्लाको हरिवन नगरपालिका– १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरेका छन् ।

असार मसान्तसम्म बैंकले १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन गरी ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरेको छ । बैंकले असार मसान्तसम्म १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।