९३ हजार संस्थापक शेयर बिक्री गर्दै लुम्बिनी विकास बैंक

९३ हजार संस्थापक शेयर बिक्री गर्दै लुम्बिनी विकास बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

लुम्बिनी विकास बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा भएको सेयर बिक्री गर्ने भएको छ।

बैंकले सुजन बराल, अनन्तराज पोखरेल, युगराज रेग्मी र गणेशराज रेग्मीको नाममा रहेको ९३ हजार ४ सय ७ कित्ता सेयर बिक्री गर्ने भएको हो।

उक्त सेयर खरिदमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई छ। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।

आवेदन बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंबाट दिन सकिन्छ।

सो समयभित्र पर्यायाप्त आवेदन नपरे बैंकले सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने छ।