हजारको ४३ करोड वटा नोट छाप्न राष्ट्र बैंकले टेण्डर खोल्यो, १० कम्पनीले भाग लिँदै

हजारको ४३ करोड वटा नोट छाप्न राष्ट्र बैंकले टेण्डर खोल्यो, १० कम्पनीले भाग लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले हजारको नोट छाप्नको लागि टेण्डर आह्रान गरेको छ । जसमा हाल सम्म १० ओटा कम्पनी ईच्छुक देखिएको छ । बैंकले १ हजार रुपैंया दरको नोट ४३० मिनियन अर्थात् ४३ करोड वटा नोट छाप्न टेण्डर आह्रान गरेको हो । 
राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय कम्पनीको टेण्डर आह्रान गरेको हो । 

टेण्डरको लागि राष्ट्र बैंकमा ४६ औ दिनको दिउँसो १२ बजे भित्र प्रस्ताव पेश गर्नुपर्ने छ । साथै, ४ करोड १५ लाख धरौटी राख्नुपर्ने राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागले जनाएको छ । 

यस कामको लागि जम्मा १० कम्पनीले मात्र सहभागिता जनाउन पाउँन छन् । जसमा राष्ट्र बैंकले गत बर्ष नै नोट छाप्न योग्य कम्पनीको नाम सूचित गरिसकेको छ । अब यी कम्पनीले टेण्डरको लागि सहभागि हुन पाउँने छन्, जुन कम्पनीले कम मूल्यमा नोट छाप्ने कबुल गर्छ उसैले उक्त ठेक्का पाउँने छन् । 
 

यी हुन राष्ट्र बैंकबाट योग्य ठहरिएका कम्पनीहरुः 

1. Crane A.B., Sweden

2. China Banknote Printing and Minting Corporation, China

3. Giesecke+Devrient Currency Technology GmbH, Germany 

4. De La Rue International Limited, United Kingdom

5. Casa da Moeda do Brasil, Brazil

6. Joint Stock Company "Goznak", Russia

7.  Orell Füssli Security Printing, Switzerland 

8.   Security Printing and Minting Corporation of India Limited, India

9.Korea Minting, Security Printing & ID Card Operating Corp., Korea

10. Oberthur Fiduciaire SAS, France