प्रभु र सेञ्चुरी कर्मसियल बैंकलाई एक हुन राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृती

प्रभु र सेञ्चुरी कर्मसियल बैंकलाई एक हुन राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले स्वीकृति दिएको छ । प्रारम्भिक सम्झौता गरिसकेको दुई बैंकले मर्जरको लागि सैद्धान्तिक स्वीकृती राष्ट्र बैंकले दिएको हो ।

मर्जरमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रेसियोमा प्राप्त गर्ने सहमतिका साथ प्रारम्भिक सम्झौता भइसकेको छ । सम्झौता अनुरुप ७ सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु र ३ जना सेञ्चुरी बैंकको रहने छ । जसमा प्रमुख कार्याकारीमा प्रभुको अशोक शेरचन रहने छन् ।

सेञ्चरी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैया रहेको छ भने। प्रभुको चुक्ता पँुजी ७० करोड रुपैंया रहेको छ दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने छ ।