फागुनमा पनि बैंकिङ्ग निक्षेप बढ्ने क्रम जारी, सीडी रेसियो ७९.५३ प्रतिशत


काठमाडाैं – फागुनमा पनि बैंकिङ्ग प्रणालीको निक्षेप बढ्ने क्रम जारी रहेकाे छ। केन्द्रीय बैंकको माघ ३० गते र फागुन १ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेप एक दिनमा १ अर्बले बढेको छ। राष्ट्र बैंकको फागुन १ गतेको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।

अघिल्लो दिन ६७ अर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। साे समयमा वाणिज्य बैंककाे निक्षेप संकलन पनि बढेको छ । माघ ३० गते ५९ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरूले फागुन १ गते ५९ खर्ब ९८अर्ब रुपैयाँ संकलन गरेका छन् । सो अवधिमा कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ। माघ ३० गते ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन १ गते ५४ खर्ब ३९ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह भएको छ। 

यस्तै, माघ ३० गते ४८ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले फागुन १ गते ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ५३ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।