६ ओटा मर्चेन्ट बैंकले पाए भेन्चर क्यापिटल सञ्चालनको लाईसेन्स

६ ओटा मर्चेन्ट बैंकले पाए भेन्चर क्यापिटल सञ्चालनको लाईसेन्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई भेन्चर क्यापिटलको अनुमति दिएको छ । बुधबार धितोपत्र बोर्डको सञ्चालक समितीको बैंठकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनएमबी क्यापिटल लिमिटेड,प्रभु क्यापिटल लिमिटेड,एनआइसी एसिया क्यापिटल लिमिटेड,नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग क्यापिटल लिमिटेड र एनआइविएल–एस क्यापिटल लिमिटेडलाई भेन्चर क्यापिटल सञ्चालनको अनुमति दिएको हो ।

यस अघि अवसर इक्विटी फण्ड लिमिटेड र ग्लोबल इक्विटी फण्डलाई धितोपत्रले भेन्चर क्यापिटल सञ्चालनको लागि अनुमति दिइसकेको छ ।