२६ भदौदेखि नयाँ नोट सटही गर्ने राष्ट्र बैंकको तयारी

२६ भदौदेखि नयाँ नोट सटही गर्ने राष्ट्र बैंकको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले २६ भदौदेखि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही गर्ने तयारी गरिएको हो ।

२० भदौपछि मात्रै कहाँ कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने राष्ट्र बैंकको तयारी रहेको छ । काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवस्यकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ । राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउनेछ ।