नबिल ब्यालेन्स्ड फण्ड–२ को न्याभ १०.७२  

नबिल ब्यालेन्स्ड फण्ड–२ को न्याभ १०.७२  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड  २ ले खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) असारको तुलनामा साउनमा घटेको छ । 

असार मसान्तसम्ममा फण्डको न्याभ रू. १० दशमलव ८५ रहेकोमा साउनमा रू. १० दशमलव ७२ कायम भएको हो । फण्डको नोक्सानी भने घटेको छ । फण्ड असार मसान्तसम्म रू. ३५ करोड ८५ लाख नोक्सानीमा रहेकोमा साउनमा रू. ९१ लाख ४४ हजारमा झरेको छ । एक महीनाको अवधिमा रू. ३४ करोड ९३ लाख नोक्सानी घटेको हो ।

साउन मसान्तसम्ममा जम्मा खर्च रू. २२ लाख २१ हजार भएको छ भने असार मसान्तसम्म यस्तो खर्च रू. २ करोड ८६ लाख रहेको थियो । फण्डको ऋणपत्रमा लगानी घटेको  छ ।

असार मसान्तसम्ममा फण्डको ऋणपत्रमा रू. २० करोड ५८ लाख लगानी थियो भने साउन मसान्तसम्म यस्तो लगानी घटेर रू. २० करोड ३२ लाखमा झरेको छ । त्यस्तै साउन मसान्तसम्म फण्डको मुद्दती निक्षेपमा रू.नबिल ब्यालेन्स्ड फण्ड–२ को न्याभ १०.७२   ३ करोड ५० लाख  रहेको छ ।