काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सुधार देखिएको छ । केन्द्रीय बैंकको माघ २६ गते र २७ गतेको तथ्यांकले कर्जा प्रवाह र निक्षेप संकलन दुवै बढेको देखाएको हो । राष्ट्र बैंकको माघ २७ गतेको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो दिन ६७ अर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि वृद्धि देखिएको छ। माघ २६ गते ५९ खर्ब ९४ अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरूले २७ गते ५९ खर्ब ९९ अर्ब रुपैयाँ संकलन गरेका छन् । सो अवधिमा कर्जा प्रवाहमा वृद्धि देखिएको छ । माघ २६ गते ५४ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ३७ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह भएको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जामा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन ४८ खर्ब २१ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २३ गते ४८ खर्ब २४ अर्ब रुपैयाँ प्रवाह गरेका छन् । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४८ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।



About Us
प्रतिक्रिया