काठमाडौं – शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २६ सय अंकको बिन्दुमा रुमलिएको छ । माघ २४ गते २७ सय अंकको बिन्दुबाट ओरालो लागेको शेयर बजार साढे २६ सय अंकको बिन्दुमा नै रुमलिएको हो ।
२७ सय अंकको बिन्दुबाट २६ सय अंकको बिन्दुमा झरेको ५ कारोबार दिनसम्म शेयर बजारले स्पष्ट गति लिन सकेको छैन । परिसूचक साढे २६ सय अंक बिन्दु आसपास नै घुमेर बसेको छ । उकालो जाने वा ओरालो जानेभन्नेमा दोधार आउँदा परिसूचक साढे २६ सय अंकको बिन्दुमा नै रुमलिएको हो ।
नेप्से परिसूचक माघ २४ गते ११ अंक घटेर २६९९ अंकमा आइपुगेको थियो । त्यसयताका ४ कारोबार दिनमा शेयर क्रमशः ११ र १० अंक घटिसकेको छ । हिजो मंगलबार ६ अंक बढेको शेयर बजार परिसूचकमा आज १.८६ अंकको सामान्य वृद्धि देखिएको छ ।
परिसूचक ०.०६ प्रतिशतले घट्दा परिसूचक २६८५ अंकमा रोकिएको छ । यसक्रममा ८ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको १ करोड ५३ लाख कित्ता शेयर किनबेच भएको छ । आज १३१ कम्पनीको शेयर मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ । यस्तै ८ कम्पनीको मूल्य स्थिर कायम छ ।
परिसूचक सामान्यरुपमा बढ्दा गार्डियन माइक्रोलाइफको शेयर मूल्यमा आजपनि सकरात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको मूल्य प्रतिकित्ता ४४० रुपैयाँ पुगेको छ । यस्तै, आज उपकार लघुवित्त, सुपर मादी र रसुवागढी हाइड्रोपावरको शेयर मूल्य उच्च प्रतिशतले घटेका छन् ।




About Us
प्रतिक्रिया