काठमाडौं – बैंक शाखा स्थापना भएको साढे ४ महिनापछि गभर्नर महाप्रसाद अधिकारीले साइपालमा उद्घाटन गरेका छन् । साइपाल गाउँपालिकामा असोज ११ गते खुलेको एभरेष्ट बैंकको शाखा कार्यालय गभर्नर अधिकारीले साढे ४ महिनापछि उद्घाटन गरेका हुन् ।
साइपाल ७५३ वटा स्थानीयतहमध्ये सबैभन्दा अन्तिममा बैंकको पहुँच पुग्ने पालिका हो । यही पालिकामा बैंक स्थापना भएर सञ्चालनमा आएको महिनौंपछि आज गभर्नर अधिकारीले हेलिकप्टर चढेर कार्यालयको उद्घाटन गरेका हुन् ।
यसबाट गभर्नर अधिकारीमा आफ्नो कार्यकालको उत्तरार्धमा गभर्नर अधिकारीमा उद्घाटनको मोह देखिएको बुझ्न सकिन्छ । देशमा रहेका पालिकामध्ये सबैभन्दा अन्तिममा बैंक पुगेका आधारमा यो शाखा विशेष हुन्छ नै । २०७४ सालमा नै सबै पालिकामा वाणिज्य बैंकको पहुँच पुर्याउने लक्ष्य राखिएको थियो ।
लक्ष्यको ७ वर्षपछि बैंक पुगेपछि उद्घाटन स्वभाविक हो । तर, कार्यालय स्थापना भइसकेर सञ्चालनमा पनि आइसकेको ४ महिनापछि आज भएको उद्घाटनले भने गभर्नर अधिकारीमा उद्घाटनको मोह देखाउँछ ।
प्रतिक्रिया