पुस भित्रै साधारण सभा गर्न सहकारी विभागद्धारा सहकारीहरुलाई निर्देशन

पुस भित्रै साधारण सभा गर्न सहकारी विभागद्धारा सहकारीहरुलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

आउँदो पुसभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्न सहकारी संघसंस्थालाई  नियामक निकाय सहकारी विभागले निर्देशन दिएको छ । विभागले बिहीबार जारी गरेको साधारणसभा सम्बन्धी मार्गदर्शनमा यो सहित १२ बुँदे निर्देशन उल्लेख छ ।

सहकारी संघसंस्थाको साधारणसभालाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले मार्गदर्शन जारी गर्नु परेको विभागले जनाएको छ । ‘साधारणसभा गर्दा भड्किलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन गर्ने,’ मार्गदर्शनमा भनिएको छ, ‘सबै संघसंस्थाले २०७९ पुसभित्र साधारणसभा अनिवार्य रुपमा सञ्चालन गर्ने ।’ साभारणसभा सम्पन्न भएको १५ दिनभित्र साधारणसभाको निर्णको प्रतिलिपी, उपस्थितिको प्रमाणित प्रतिलिपी, लेखापरीक्षण प्रतिवेदन तथा फाराम प्रतिवेदन नियामक निकायमा अनिवार्य रुपमा पेश गर्न पनि विभागले निर्देशन दिएको छ ।

कोभिड( १९ को प्रभाव तथा असर समेतको आधारमा संघ, प्रदेश वा स्थानीय तह र स्थानीय प्रशासनबाट जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउने, सभामा नियामक निकायबाट दिइएका सुझाव तथा निर्देशन कार्यान्वयनका सम्बन्धमा छलफल गराउनेलगायत निर्देशन मार्गदर्शनमा छन् ।