काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घट्नेक्रम आजपनि जारी रहेको छ । आज साढे ११ अंकले घटेसँगै शेयर बजार परिसूचक लगातार चौथो दिन घटेको हो ।
यसअघि लगातार ३ दिन बढेसँगै २७ सय अंकमाथि पुगेको नेप्से परिसूचक फेरी साढे २६ सय अंकको बिन्दुमा आइपुगेको छ । परिसूचक माघ १५ गते २४ अंक, २० गते ६९ अंक र २१ गते २.४१ अंकले बढेयता निरन्तर घट्दो अवस्थामा छ ।
लगातार ३ दिन बढेर २७ सय ३० अंकको बिन्दुमा पुगेको नेप्से परिसूचक फेरी घटेर आज २६ सय ८८ अंकको बिन्दुमा आइपुगेको हो । माघ २२ गते १४, २३ गते ४ र २४ गते ११ अंकले घटेको थियो । आजपनि साढे ११ अंकले घटेसँगै घट्नेक्रम लगातार चौथो दिनसम्म कायम रहेको हो ।
आज नेप्सेमा ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख कित्ता शेयर किनबेच भएको छ । यस्तै, यसक्रममा सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाईफ इन्स्योरेन्सको शेयर मूल्य समान १० प्रतिशतले बढेको छ । यसक्रममा सप्तकोसी विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी ६.५२ प्रतिशतले घटेको छ ।
आज बैंक, विकास बैंंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, म्यूचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूह घटेका छन् । यता वित्त, उत्पादनमूलक र प्रशोधन, लघुवित्त र व्यापार समूह भने बढेको छ ।



About Us
प्रतिक्रिया