साउन महिनामा १ खर्ब वस्तु आयात हुदाँ  १४ अर्बको वस्तु निर्यात, ब्यापार घाटामा १० प्रतिशतले कमी

साउन महिनामा १ खर्ब वस्तु आयात हुदाँ  १४ अर्बको वस्तु निर्यात, ब्यापार घाटामा १० प्रतिशतले कमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

चालु आर्थिक बर्ष २०७९÷८० को पहिलो महिना अर्थात साउनमा १ खर्ब भन्दा बढीको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकं अनुसार यस आ.व को पहिलो महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैंया बराबरको आयात भएको छ । 

 गत आर्थिक बर्षको पहिलो महिनाको तुलनामा १२.९० प्रतिशतले घटेको हो । गत आ.वको सोही महिनामा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैंयाको वस्तु आयात भएको थियो । 

साथै, यस आ.वको पहिलो महिनामा १४ अर्ब ८० करोड ९७ लाख रुपैंया बराबरको सामान निर्यात भएको छ । यो गत आ.वको तुलनामा २८.६७ प्रतिशतले कमी हो । गत आ.वको सोही महिनामाको अवधीमा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैंया बराबरको वस्तु निर्यात भएको तथ्याकंमा उल्लेख छ । 

८ अर्ब भन्दा बढीको डिजेल आयात

चालु आ.वको साउनमा सबैभन्दा बढी डिजेज आयात भएको छ । जसमो कुल ८ अर्ब ९७ करोड ९ लाख रुपैंयाको डिजेल आयात भएको हो । भने ६ अर्ब ३८ करोड ५९ लाख रुपैंयाको पेट्रोल आयात भएको छ ।
१ अर्ब भन्दा बढीको ब्यापार घाटा 

चालु आ.वको पहिलो महिनामा ब्यापार घाटामा केही कमी आएको छ । जसमा नेपालले ब्यापार गर्ने विभिन्न मुलुक सँगको ब्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैंयाको ब्यापार घाटा रहेको छ । जुन गत आ.वको तुलनामा १० प्रतिशतले कमी हो ।