८७ लाख ऋण दिई ३ करोड भन्दा बढी असुल्ने मिटरब्याजी साहू भारतबाट पक्राउ 

८७ लाख ऋण दिई ३ करोड भन्दा बढी असुल्ने मिटरब्याजी साहू भारतबाट पक्राउ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नवलपरासीका मिटरब्याजी जगदीश कानु (बानियाँ) लाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले भारतमा लुकिरहेको अवस्थामा पक्राउ गरेको छ । 
नवलपरासी प्रतापपुर गाउँपालिका–९ का ५५ बर्षीय जगदीशलाई सिआइबि को टोलीले पक्राउ गरेको हो । जगदीशले २७ जनालाई ऋण उपलब्ध गराएको तथा मिटरको हिसाबले ब्याज लिएको उजुरी परेपछि उनी सिआइबीको खोजी सुचिमा थिए । 
उनले ८७ लाख ऋण दिएर ३ करोड २० लाख उठाएको र अझै ३ करोड २६ लाख बाकी तिर्नु पर्ने भन्दै पिडितलाई बारम्बार ताकेता गरेका थिए ।