काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार समीक्षा अवधिमा खुद सेवा ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
यसमध्ये शिक्षातर्फको व्यय ५६ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय५८ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।



About Us
प्रतिक्रिया